सोलुखुम्बु । १९औँ पुस्तकालय दिवसको अवसरमा चेतना विस्तार सार्वजनिक पुस्तकालयले आयोजना गरेको माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा केदार माध्यमिक विद्यालयको ‘ए’ टिम प्रथम भएको छ। महेन्द्रोदय माध्यमिक विद्यालय द्वितीय, बीपी संस्कृत माध्यमिक विद्यालय तृतीय तथा श्री हिमाल दर्शन माध्यमिक विद्यालयको ‘ए’ टिमले सान्त्वना स्थान हासिल गरेको छ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। सहभागी विद्यार्थीलाई समेत प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। साथै सहभागी सबै विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम चेतना विस्तार सार्वजनिक पुस्तकालयका अध्यक्ष छविलाल बास्तोलाको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा नेचासल्यान गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेलको प्रमुख आतिथ्यता तथा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख माधवमणि ढुंगानाको विशिष्ट आतिथ्यता रहेको थियो।
पुस्तकालय दिवसको अवसरमा आयोजित प्रतियोगिताले विद्यार्थीमा अध्ययन तथा ज्ञानप्रति रुचि बढाउन, प्रतिस्पर्धात्मक भावना विकास गर्न र विद्यालयबीचको शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
१९औँ पुस्तकालय दिवसमा माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
१९औँ पुस्तकालय दिवसमा माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





