सिमकोट । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमी लगायतका उच्च पहाडी मतदान केन्द्रको मतपेटीका ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्लाको सदरमुकाम सिमकोट पुगेको छ ।
अपरान्ह पाँच बजे नेपाली सेनाको हेलिकप्टर लिमीको तील, जाङ, हल्जी सोही गाउँपालिका–४ को चालाको मतपेटीका ढुवानीको लागि हेलिकप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो । विहिबार उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र हल्जी मतदान केन्द्रको मात्रै मतपेटिका ढुवानी हुने भएको छ । भने बाँकी मतदान केन्द्रका मतपेटिका भोली शुक्रबार ढुवानी हुने भएको उहाँले बताउनुभयो ।

हल्जीको सुनखानी मतदान केन्द्रमा एक सय ६४ मत खसेको छ । बाँकी रहेका तील, जाङ र चालाका मतपेटिका भोली मात्रै ढुवानी हुने भएको छ ।





