सिमकोट । हिमाली जिल्ला हुम्लामा ६५ दशमलव ३६ प्रतिशत मत खसेका छ । विगतका निर्वाचनमा भन्दा यो पटकको निर्वाचनमा कम मत खसेको हो । यस पटक मतदानस्थल र मतदान केन्द्र थप गरिएपनि मतदातामा निराशा छाएको जस्तै देखिएको छ ।
२०७९ सालको निर्वाचनमा ३२ हजार आठ सय ५७ मतदाता रहेका थिए । यसमध्ये २५ हजार ९५ मत खसेको थियो । पाँच वर्ष पूरा नहुँदै मतदातामा ठूलो निराशा छाएको छ ।

यस पटक ३४ हजार तीन सय ७२ हजार मतादाता रहेका थिए । भूगोल अनुसार कम मतदाता रहेको हुम्लामा थप कम मत यो पटकको निर्वाचनमा खसेको छ ।
हुम्लाका ६४ मतदान केन्द्रबाट २२ हजार ४ सय ६७ मत खसेको छ । जिल्लाको मुल मतदाता संख्या ३४ हजार ३ सय ७३ रहेको छ । अहिलेको निर्वाचन र उम्मेदवार प्रति यहाँका मतदाताले निराशा देखाएका छन् । यो पटकको निर्वाचनमा महिला ११ हजार ५८ र पुरुष ११ हजार ९ सय जनाले मतदान गरेका छन् ।





