सिमकोट । हिमाली जिल्ला हुम्लामा शुक्रबार राती ढिला गरि मतगणना सुरु भएको थियो । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा मतगण सुरुवातीदेखि नै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दिपेन्द्र रोकायाले आफ्नो अग्रतालाई कायम राख्नु भएको छ ।
ताँजकोट र अदानचुली दुई गाउँपालिका र चंखेली गाउँपालिकाको–१,२ र ३ वडाको मत गणना हुँदा नेकपाका उम्मेदवार रोकायाले तीन हजार १८ मत ल्याएर अग्रता कायम राख्नु भएको छ । भने नेपाली कांग्रेसका जयपति रोकायाले एक हजार सात सय सय ६७, एमालेका दल फडेराले एक हजार नौ सय ९८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै रास्वपाका टसी लाजुमले ४९, राप्रपाका छक्क बुढाले २९, प्रगतिशि लोकतान्त्रिक पार्टी ७, गुलाफ ८८ ले मत प्राप्त गरेका छन् । भने जिल्लामा २२ हजार ४ सय ६७ मत खसेको थियो ।
एक सय २२ मत तबदर भएका छन् । अहिले चंखेली गाउँपालिकाको मतगणना जारी रहेको छ ।





