सोलुखुम्बु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सोलुखुम्बुले रसुवा बाढीपीडितका लागि १४ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।
राप्रपा सोलुखुम्बुका अध्यक्ष राजेन्द्र बस्नेतको नेतृत्वमा गएको पार्टी प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।
सहयोग रकम हस्तान्तरणका क्रममा अध्यक्ष बस्नेतले रसुवा बाढीमा सोलुखुम्बुबाट प्रभावित तथा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे चासो राखेका थिए । उनले उद्धारका लागि भइरहेको प्रयास तथा जिल्ला प्रशासन कार्यालयले गरिरहेको समन्वयबारे समेत जानकारी लिएका थिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी थापामगरले नुवाकोट र रसुवा जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए । यद्यपि, सम्पर्कविहीन भनिएका व्यक्तिहरूको सम्बन्धमा अझै एकिन तथ्यांक सार्वजनिक गर्न नसकिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार कार्यालयमा प्राप्त नामावलीमा सम्पर्कविहीन उल्लेख भएका सोलुखुम्बुका दुई जनाको भने उद्धार भइसकेको छ । उद्धार गरिएका व्यक्तिको विवरणसमेत सम्बन्धित निकायसँगको समन्वयमा प्राप्त भएको उनले जानकारी दिए ।
रसुवा बाढीपीडितका लागि राप्रपा सोलुखुम्बुद्वारा १४ हजार ५ सय सहयोग
रसुवा बाढीपीडितका लागि राप्रपा सोलुखुम्बुद्वारा १४ हजार ५ सय सहयोग

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





