सोलुखुम्बु — अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धिचरण लोकमार्गअन्तर्गत सोलुखुम्बुको सल्लेरी सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले शुक्रबार सूचना जारी गर्दै सडक एकतर्फी रूपमा सञ्चालन हुने गरी खुलाइएको जनाएको हो ।
वर्षाका कारण सडक भासिएपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको थियो । सडक मर्मत तथा सञ्चालनका लागि पहलपछि हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न मिल्ने अवस्था बनेको प्रशासनले जनाएको छ ।
तर सडकखण्डमा अझै जोखिम कायमै रहेकाले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनका अनुसार वर्षा भइरहेकाले सडकको अवस्था जोखिमपूर्ण छ ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा सुरक्षित रूपमा यात्रा गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जारी गरेको सूचनामा सडकको अवस्था जोखिमपूर्ण रहेकाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सोलुखुम्बुको सल्लेरीमा सडक एकतर्फी खुल्यो, राति सवारी सञ्चालनमा रोक
सोलुखुम्बुको सल्लेरीमा सडक एकतर्फी खुल्यो, राति सवारी सञ्चालनमा रोक

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




