सोलुखुम्बु, १४ असोज — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु प्रदेशसभा ‘क’को सभापतिमा धनजन राई निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न निर्वाचनको बुधबार भएको मतगणनामा राईले ३ सय ७९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। नेचासल्यान गाउँपालिकाका अध्यक्षसमेत रहेका राई यसअघि पनि प्रदेशसभा ‘क’को सभापति थिए।
सभापतिका अन्य प्रत्याशी भेषकुमार बास्तोलाले ९४ र दलबहादुर तामाङले ५३ मत प्राप्त गरे।
उपसभापतिमा कृष्णबहादुर कार्की ३ सय ७२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुखधन किरातले १ सय २२ मत पाए।
सचिवमा सुवास संगम राईले सर्वाधिक ४ सय ५ मत प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिस्पर्धी लक्ष्मी कटेलले १ सय १ मत प्राप्त गरिन्।
सहसचिवमा सुमन श्रेष्ठ २ सय ८१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जितेन्द्र राईले १ सय ६५ मत प्राप्त गरे। महिला सहसचिवमा निर्कला राई सर्वसम्मत निर्वाचित भएकी छन्।
सदस्यतर्फ नानुमाया बास्तोला ३ सय ८ र जमुना निरौला २ सय ७५ मतसहित निर्वाचित भएका छन्। समीक्षा कुलुङले २ सय २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेस सोलुखुम्बु प्रदेश ‘क’को नेतृत्वमा फेरि धनजन राई
कांग्रेस सोलुखुम्बु प्रदेश ‘क’को नेतृत्वमा फेरि धनजन राई

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





