सोलुखुम्बु — पर्यटकीय सिजन र चाडपर्वलाई लक्षित गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला बजारमा गरेको अनुगमनका क्रममा ३ लाख २६ हजार ४ सय ७० रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री जफत गरेको छ।
गाउँपालिका–२ का वडाध्यक्ष आङ फुर्वा शेर्पाको अध्यक्षतामा गरिएको अनुगमनमा गाउँपालिका, वडा कार्यालय, टोल विकास संस्था, खाद्य कार्यालय, नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए।
पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा पर्यटक तथा उपभोक्ताको चहलपहल बढ्ने र चाडपर्वका बेला खाद्य तथा उपभोग्य वस्तुको मागसमेत बढ्ने भएकाले बजारमा अखाद्य, म्याद गुज्रिएका र गुणस्तरहीन सामग्रीको बिक्री–वितरण रोक्न अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीका अनुसार अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त तथा म्याद गुज्रिएका सामग्री भेटिएपछि जफत गरिएको हो। उनका अनुसार उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।
गाउँपालिकाले व्यवसायीलाई म्याद नाघेका, अखाद्य तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न सचेत गराएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि नगर्नसमेत व्यवसायीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजारका म्याद गुज्रिएका सामग्री जफत
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजारका म्याद गुज्रिएका सामग्री जफत

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





