सोलुखुम्बु — किराँत राई पत्रकार संघ, सोलुखुम्बुको अध्यक्षमा अमृत थुलुङ राई सर्वसम्मत चयन भएका छन्। भदौ २४ गते सम्पन्न संघको पाँचौँ जिल्ला अधिवेशनले थुलुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा सोनी राई, सचिवमा सविना राई, सहसचिवमा अनिलकुमार राई र कोषाध्यक्षमा रेविका राई चयन भएका छन्। सदस्यहरूमा प्रवीण राई, प्रदीप राई र झलक राई चयन भएका छन्। एक सदस्य भने पछि मनोनयन गरिने संघले जनाएको छ।
त्यस्तै, अधिवेशनले संघको केन्द्रीय प्रतिनिधिमा डि.बि. खालिङ र गार्डेन राईलाई चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिले किराँत राई समुदायको भाषा, संस्कृति, पहिचान र समसामयिक विषयलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उजागर गर्ने जनाएको छ। साथै पत्रकारहरूको हकहित संरक्षणसँगै व्यावसायिक क्षमता विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने विषयमा पनि अधिवेशनले जोड दिएको
किराँत राई पत्रकार संघ सोलुखुम्बुको अध्यक्षमा अमृत थुलुङ
किराँत राई पत्रकार संघ सोलुखुम्बुको अध्यक्षमा अमृत थुलुङ

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





