सोलुखुम्बु — जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना औंल्याएपछि खुम्बु पासाङल्हामु गाउँपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाले विशेष मौसम बुलेटिनका आधारमा सूचना जारी गर्दै उक्त अवधिमा आवश्यकताअनुसार सवारी आवागमन बन्द गर्न र जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन आग्रह गरेको हो।
गाउँपालिकाले विशेषगरी दूधकोशी लगायतका नदी किनारमा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन भनेको छ। साथै हिमपातको समेत सम्भावना रहेकाले खुम्बु क्षेत्रमा रहेका पर्यटक, गाइड तथा भरियालाई मौसम पूर्वानुमान र गाउँपालिकाको सूचनालाई आधार मानेर यात्रा गर्न आग्रह गरिएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथाेकि द्वारा जारी सूचनामा गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी संघसंस्था, टोल विकास संस्था, युवा समूहलगायत सबै संघसंस्थालाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
गाउँपालिकाले सम्भावित बाढी, पहिरो, हिमपात तथा अन्य विपद्का कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय तह तथा सरोकारवाला निकायलाई पूर्वतयारीमा जुट्न आग्रह गरेको जनाएको छ।
भारी वर्षाको सम्भावनापछि खुम्बुमा उच्च सतर्कता, पर्यटकलाई यात्रा नगर्न आग्रह
भारी वर्षाको सम्भावनापछि खुम्बुमा उच्च सतर्कता, पर्यटकलाई यात्रा नगर्न आग्रह

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





