सोलुखुम्बु — जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा भदौ महिनामा विभिन्न प्रकृतिका १२ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार दर्ता भएका मुद्दामध्ये नौ वटा सामान्य, दुई वटा गम्भीर र एउटा जघन्य प्रकृतिका छन्।
प्रहरीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्धका कसुरअन्तर्गत तीनवटा मुद्दा दर्ता भएका छन्। तीमध्ये महिलाविरुद्ध दुई र बालबालिकाविरुद्ध एउटा मुद्दा छन्। ज्येष्ठ नागरिकविरुद्धको कसुरमा भने कुनै मुद्दा दर्ता भएको छैन।
भदौमा आर्थिक अपराधसम्बन्धी मुद्दा भने दर्ता नभएको प्रहरीको तथ्यांक छ। ठगी, बैंकिङ कसुर, आपराधिक लाभ तथा अनुचित लेनदेनसम्बन्धी कुनै पनि घटना मुद्दाका रूपमा दर्ता नभएको कार्यालयले जनाएको छ।
त्यस्तै, चालु मुद्दाअन्तर्गत पाँच वटा मुद्दामा एक जना प्रतिवादी रहेको विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट सम्पादन भएका विभिन्न काम तथा गतिविधिको प्रगति विवरण सार्वजनिक गरिएको हो।
भदौमा सोलुखुम्बुमा १२ मुद्दा दर्ता, आर्थिक अपराध शून्य
भदौमा सोलुखुम्बुमा १२ मुद्दा दर्ता, आर्थिक अपराध शून्य

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





