सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–५ ले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ।
वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २८ गते बिहान १० बजे वडा नं. ५ को वडा कार्यालय भवनमा सार्वजनिक सुनुवाइ आयोजना गर्न लागिएको हो।
सार्वजनिक सुनुवाइमा वडाभित्र सञ्चालन भएका योजना तथा कार्यक्रमको विवरण, कार्यान्वयनको अवस्था तथा सम्बन्धित विषयमा नागरिकका जिज्ञासा, गुनासा र सुझाव संकलन गरिने जनाइएको छ।
कार्यक्रममा वडाका राजनीतिक दलका प्रमुख प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारी तथा वडा नं. ५ का सम्पूर्ण सरोकारवाला नागरिकलाई उपस्थितिका लागि वडा कार्यालयले अनुरोध गरेको छ।
वडा अध्यक्ष राजनकुमार राईद्वारा जारी सूचनामा सार्वजनिक सुनुवाइमार्फत वडाको योजना तथा कार्यक्रमबारे नागरिकलाई जानकारी गराउने र सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने उद्देश्य रहेको उल्लेख छ।
नेचासल्यान–५ मा भदौ २८ गते सार्वजनिक सुनुवाइ हुने
नेचासल्यान–५ मा भदौ २८ गते सार्वजनिक सुनुवाइ हुने

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





