दोलखा श्यामा शेर्पा समाज अमेरिकाको तेस्रो महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । आगामी दुई बर्षका लागि मीना लामा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) का अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) ले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि, गाउँ–समाज, आफन्त तथा समुदायलाई आत्मीयताको बलियो सूत्रमा एकताबद्ध राख्नु महत्वपूर्ण कार्य भएको बताएका छन्।
उनले भाषा, धर्म, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र संवर्द्धन गर्दै समाजलाई अझ सशक्त रूपमा अघि बढाउन नवनिर्वाचित कार्यसमिति सफल हुने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष शेर्पाले आफ्नो गाउँ–समाजको अस्तित्व, पहिचान र गौरवलाई प्रवासमा समेत जीवन्त राख्दै भावी पुस्तालाई मौलिकता र पुर्ख्यौली विरासत हस्तान्तरण गर्ने अभियानमा नयाँ कार्यसमितिले दूरदर्शी र अनुकरणीय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।
उनले एकता, सहकार्य र सामूहिक भावनाका साथ संस्थालाई अझ संगठित, सुदृढ र गौरवपूर्ण उचाइमा पुर्याउन नवनिर्वाचित नेतृत्व सफल रहने विश्वास व्यक्त गरे ।
दोलखा श्यामा शेर्पा समाज अमेरिका नेतृत्वमा मीना लामा शेर्पा चयन
दोलखा श्यामा शेर्पा समाज अमेरिका नेतृत्वमा मीना लामा शेर्पा चयन

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





