सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–४ वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय निकाय सार्वजनिक सुनुवाइ कार्यविधि, २०६७ बमोजिम वडा कार्यालयबाट सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह, आय–व्यय तथा समग्र कार्यसम्पादनका विषयमा नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गरिनेछ।
सार्वजनिक सुनुवाइमा वडाका राजनीतिक दलका प्रमुख प्रतिनिधि, उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारी, संघ–संस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवी, प्रधानाध्यापक, पत्रकार, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज, युवा, महिला, जनजाति, दलितलगायत सम्पूर्ण सरोकारवाला नागरिकलाई सहभागी हुन वडा कार्यालयले आग्रह गरेको छ।
कार्यक्रममा सहभागी नागरिकले वडा कार्यालयको विकास निर्माण, सेवा प्रवाह तथा आय–व्ययसँग सम्बन्धित विषयमा आफ्ना गुनासा, जिज्ञासा, रचनात्मक सुझाव, सम्भावना तथा प्रतिक्रिया राख्न सक्ने वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका अनुसार सार्वजनिक सुनुवाइ २०८३ श्रावण २९ गते शुक्रबार बिहान ११ बजे वडा नं. ४ को वडा कार्यालयमा आयोजना हुनेछ।
वडा सचिव किराती नेम्बाङद्वारा जारी सूचनामार्फत सम्बन्धित सबै सरोकारवालालाई कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।
नेचासल्यान–४ मा सार्वजनिक सुनुवाइ हुँदै
नेचासल्यान–४ मा सार्वजनिक सुनुवाइ हुँदै

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





