सोलुखुम्बु — मौसममा आएको प्रतिकूलतासँगै भारी वर्षा हुने पूर्वानुमानपछि नेचासल्यान गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनमा असोज ९ गते बिहीबारदेखि असोज ११ गतेसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
वर्षाका कारण विभिन्न किसिमका प्राकृतिक विपद् तथा जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यार्थी तथा शिक्षक–कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखी गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
सूचनामा असोज ९ गते नियमित कक्षा सञ्चालन, अतिरिक्त कक्षा तथा अन्य अतिरिक्त क्रियाकलाप नगर्न/नगराउन भनिएको छ।
गाउँपालिकाले बिदाको समयमा बालबालिकाको विशेष ख्याल राख्न अभिभावकलाई आग्रह गर्दै अनावश्यक रूपमा घरबाहिर ननिस्कन र सम्भावित जोखिमबाट सुरक्षित रहन शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीलाई अनुरोध गरेको छ।
गाउँपालिका अध्यक्ष धनजन राईद्वारा हस्ताक्षरित सूचनामा मौसमजन्य जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरिएको छ।
भारी वर्षाको पूर्वानुमानपछि नेचासल्यानमा विद्यालय बन्द
भारी वर्षाको पूर्वानुमानपछि नेचासल्यानमा विद्यालय बन्द

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





