सोलुखुम्बु — सिद्धिचरण राजमार्गअन्तर्गत सोलुदूधकुण्ड नगरपालिका–११ साल्मे क्षेत्रमा सडक भासिएपछि सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले शुक्रबार सूचना जारी गर्दै सडक भासिएर सडक अवरुद्ध भएको जनाएको हो। सडक खुलाउन सडक डिभिजन कार्यालय हर्कपुरसँग समन्वय भइरहेको र वर्षा रोकिएपछि सडक पुनर्निर्माणको काम अघि बढाइने प्रशासनले जनाएको छ।
सडक पुनर्निर्माण सम्पन्न भएर पुनः सञ्चालनका लागि अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन तथा पैदल यात्रुको आवागमन बन्द गरिएको छ।
प्रशासनले सडकखण्डमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा गर्नुपर्ने यात्रु, चालक र सर्वसाधारणलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
सडक भासिएपछि राजमार्गको उक्त खण्डबाट आवतजावत गर्ने स्थानीय तथा यात्रु प्रभावित भएका छन्। सडक पुनर्निर्माणमा लाग्ने समयबारे भने प्रशासनले स्पष्ट जानकारी दिएको छैन।
सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी सूचनामा सडकको अवस्था र पुनर्निर्माणको प्रगतिका आधारमा थप सूचना जारी गरिने उल्लेख छ।
साल्मेमा सडक भासिएपछि सवारी आवागमन बन्द
साल्मेमा सडक भासिएपछि सवारी आवागमन बन्द

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





