दावाजाङ्बु शेर्पा, काठमाडौ
शेर्पा संघ दक्षिण कोरियाले हिजाे बुसानमा शाखा गठन गरेको छ। बुसान तथा आसपास क्षेत्रमा रहेका शेर्पा समुदायलाई संगठित गर्ने हेतुले नयाँ समिति गठन गरेको हो ।
सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउन दावा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय बुसान शाखा कार्यसमिति गठन गरिएको अध्यक्ष दोर्जे शेर्पाले जानकारी दिनुभयो।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा सोनाम शेर्पा, उपाध्यक्षमा फुरी शेर्पा र आङ छिरीङ शेर्पा, महासचिवमा ङिमा शेर्पा, सचिवमा ल्हाक्पा छोटिन शेर्पा, कोषाध्यक्षमा ङती शेर्पा र सह–कोषाध्यक्षमा ल्हाक्पा शेर्पा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा पसी शेर्पा, फुली शेर्पा, शर्मिला शेर्पा, पेमा शेर्पा, कुङ्गा शेर्पा, ल्हेमी शेर्पा र फुर्बा शेर्पा रहेका छन्।
शाखाको संस्थागत विकास, मार्गदर्शन तथा आगामी गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन सल्लाहकार समिति समेत गठन गरिएको छ।
सल्लाहकार समितिको प्रमुखमा जिग्मे शेर्पा, सल्लाहकारमा पासाङ तेम्बा शेर्पा र फुर्वा शेर्पा चयन भएका छन्।
नवगठित शाखाले बुसान तथा आसपास क्षेत्रमा रहेका शेर्पा समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्दै शेर्पा भाषा, संस्कृति, धर्म, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शेर्पा समुदायको सामाजिक एकता मजबुत बनाउँदै प्रवासमा रहेका शेर्पाहरूलाई साझा मञ्चमा जोड्ने तथा आवश्यकताअनुसार सामाजिक सेवाका गतिविधि सञ्चालन गर्ने शाखाको लक्ष्य रहेको बताइएको छ।
शेर्पा संघ बुसान शाखा गठन अध्यक्षमा दावा शेर्पा निर्वाचित
शेर्पा संघ बुसान शाखा गठन अध्यक्षमा दावा शेर्पा निर्वाचित

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





