न्यूयोर्क– नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को २०२६–२०२८ कार्यकालका लागि सल्लाहकार मनोनयन, संघीय परिषद् सदस्य तथा कार्यसमिति पूर्णता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) को अध्यक्षतामा न्यूयोर्कमा आयोजित विशेष कार्यक्रमका बीच उक्त प्रक्रिया टुंगो लगाइएको हो।
कार्यक्रममा अध्यक्ष शेर्पाले नयाँ कार्यकालका लागि मनोनित सल्लाहकारहरू, संघीय परिषद्का सदस्यहरू तथा कार्यसमितिमा ४ सदस्य मनोनित भई पूर्णता पाउनुभएका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक बधाई दिनुभयो।
नयाँ जिम्मेवारीलाई पद प्राप्तिको रूपमा मात्र नलिन आग्रह गर्दै अध्यक्ष शेर्पाले भन्नुभयो, “यो संस्थाप्रतिको जिम्मेवारी र विश्वासलाई व्यवहारमा उतार्ने सुनौलो अवसर हो।” उहाँले सबै तहका जिम्मेवार व्यक्तिहरूबीच सहकार्य, आपसी सम्मान र बलियो समन्वय कायम गर्दै फिप्नालाई अझ व्यवस्थित र प्रभावकारी संस्थाका रूपमा अघि बढाउनुपर्नेमा विशेष जोड दिनुभयो।
अध्यक्ष शेर्पाले संस्थाको विधान, नीति र कार्यविधिलाई मूल आधार बनाएर पूर्ण पारदर्शिता र जवाफदेहिताका साथ काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। साथै, अमेरिकामा रहेका आदिवासी जनजातिको हक, हित, अधिकार, भाषा, धर्म, संस्कृति, सभ्यता र पहिचानको संरक्षण तथा प्रवर्द्धनलाई संस्थाले मुख्य प्राथमिकतामा राख्ने उहाँले स्पष्ट पार्नुभयो।
नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता बढाउँदै अमेरिकाका विभिन्न राज्यहरूमा संस्थागत पहुँच विस्तार गर्ने र सबै पक्षलाई समेटेर फिप्नालाई आगामी दिनमा अझ सशक्त बनाउने संस्थाको उद्देश्य रहेको पनि उनले उल्लेख गरे।
वरिष्ठ उपाध्यक्ष शम्भु राईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव सुमन थाम्सुहाङ लिम्बुले गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष शेर्पाले सहभागी सम्पूर्ण सल्लाहकार, संघीय परिषद् र कार्यसमितिका सदस्यहरूलाई पुनः सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो।
फिप्नाको २०२६–२०२८ कार्यकालका लागि सल्लाहकार मनोनयन, संघीय परिषद् र कार्यसमिति पूर्ण
फिप्नाको २०२६–२०२८ कार्यकालका लागि सल्लाहकार मनोनयन, संघीय परिषद् र कार्यसमिति पूर्ण

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





