सोलुखुम्बु — सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ स्थित सल्लेरी क्षेत्रमा पहिरोका कारण बन्द हुँदै आएको सडक अब २४ घण्टा सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मंगलबार सूचना जारी गर्दै पहिरो व्यवस्थापन तथा सडक मर्मतको काम सम्पन्न भएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जनाएको हो।
यसअघि पहिरोको जोखिमका कारण उक्त सडकखण्डमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो। सडक बन्द गरेर पहिरो व्यवस्थापन तथा मर्मतको काम अघि बढाइएको थियो।
मर्मतपछि सडक सञ्चालनमा आए पनि उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
पहिरो व्यवस्थापनपछि सल्लेरी क्षेत्रमा सडक २४ घण्टा सञ्चालनमा
पहिरो व्यवस्थापनपछि सल्लेरी क्षेत्रमा सडक २४ घण्टा सञ्चालनमा

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





