सोलुखुम्बु — खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थुक्ला खोलामा २०६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सगरमाथा आधारशिविर जाने प्रमुख पदमार्गमा पुल निर्माण भएपछि स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत सहज हुने भएको छ।
गाउँपालिकाका अनुसार पुल निर्माणमा ५ करोड ५ लाख ९५ हजार ७ सय ६९ रुपैयाँ ८५ पैसा खर्च भएको छ। उच्च हिमाली क्षेत्रमा निर्माण गरिएको यो पुललाई गाउँपालिकाले पर्यटकीय आवागमनका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा लिएको छ।
यसअघि थुक्ला खोलामा पुल नहुँदा सगरमाथा आधारशिविरतर्फ जाने पदयात्रीले जोखिमपूर्ण बाटो हुँदै खोला पार गर्नुपर्ने बाध्यता थियो। विशेषगरी पर्यटकीय सिजनमा पदयात्रीको चाप बढ्दा खोलाको जोखिमपूर्ण मार्गबाट आवतजावत गर्नुपर्ने अवस्था थियो।
पुल निर्माण सम्पन्न भएपछि पदयात्रीले जोखिमपूर्ण बाटो हुँदै खोला पार गर्नुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ। पुल सञ्चालनमा आएपछि सगरमाथा आधारशिविर जाने पदमार्गमा आवतजावत थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले नयाँ पुलले खुम्बु क्षेत्रको पर्यटन आवागमनलाई सहज बनाउनुका साथै उच्च हिमाली क्षेत्रमा पूर्वाधार विकासमा समेत योगदान पुर्याउने जनाएको छ। सगरमाथा आधारशिविर जाने प्रमुख पदमार्गमा पर्ने भएकाले पुलबाट स्थानीय बासिन्दासँगै स्वदेशी तथा विदेशी पर्यटक प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाको भनाइ छ।
थुक्ला खोलामा २०६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न
थुक्ला खोलामा २०६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





